इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

२०७८, श्रावण ८ शुक्रवार

  • 1.3K
    SHARES

  • इक्वेडरका दुई जेलमा भएको दङ्गामा परी कम्तीमा आठको मृत्यु

    किटो । इक्वेडरको दुई जेलमा भएका दङ्गामा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको सरकारी अधिकारीले जानकारी दिएका छन् । उक्त घटनामा अन्य २० जना घाइते  भएका बताइएको छ । घाइतेहरुमा तीन प्रहरी अधिकारी रहेका जनाइएको छ । 

    दक्षिणपश्चिमी प्रान्त गुआस अवस्थित एक जेलमा भएका  हिंसामा आठ  कैदी मारिए र दुई प्रहरी अधिकारी घाइते भएका  छन् । एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको उक्त झडपमा करिब २० मानिस घाइते भएको एसएनएआई जेलका  व्यवस्थापन टोलीले पुष्टि गरेका छन् । 

    इक्वेडरमा यसपहिले गत फेब्रुअरीमा पनि दुई जेलमा हिंसात्मक दङ्गा भएका थिए । देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो। इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले यहाँ सधै समस्या हुने गरेको पाइन्छ ।- एजेन्सी । 

    २०७८, श्रावण ८ शुक्रवार०७:३५:५२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार