आज ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन हुँदै

आज ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन हुँदै

२०७८, श्रावण ८ शुक्रवार

  • 1.7K
    SHARES

  • आज ३२ औं गृष्मकालीन ओलम्पिकको औपचारिक उदघाटन हुँदै

    काठमाडौं । निकै चासोका साथ हेरिएको विश्व खेलकुदको कुम्भ मेला मानिने ओलम्पिक खेलकुद आजबाट जापानको टोकियोमा औपचारिक रुपमा सुरु हुँदै छ ।

    ओलम्पिकका केही खेलहरु दुई दिन अघिबाट नै सुरु भइसके पनि उदघाटनको औपचारिक समारोह भने आज हुन लागेको हो । नेपाली समय अनुसार दिउँसो पौने २ बजेबाट ओलम्पिकको उदघाटन समारोह सुरु हुनेछ ।

    उदघाटन समारोहमा नेपालको राष्ट्रिय झण्डा पौडी खेलाडी गौरिका सिंहले बोक्नेछिन् । नेपालबाट पौडीका सिंहसँगै एलेक्जेण्डर शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्दैछन् ।

    उदघाटन समारोह भव्य बनाउन आयोजक राष्ट्रले कुनै कन्जुस्याइँ गरेको छैन । उद्घाटनमा १५ राष्ट्र र संगठनका प्रमुख सहभागी हुने अपेक्षा गरिएको ओलम्पिकमा सहभागिता जनाउन विश्वका २ सय ४ देश तथा क्षेत्रबाट ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगेका छन् । प्रतियोगितामा कोरोनाभाइरस संक्रमण नफैलियोस् भन्ने उद्देश्यले उच्च सतर्कता अपनाइएको अधिकारीहरुले जानकारी दिएका छन् ।

    कोरोना महामारीले अघिल्लो वर्ष हुन नसकेको गृष्मकालीन ओलम्पिकको ३२ औं संस्करणको नाम भने ‘टोकियो ओलम्पिक २०२०’ नै राखिएको छ । २३ जुलाइमा सुरु हुने ओलम्पिक ८ अगस्टमा सकिने छ ।

    संक्रमणको जोखिमका कारण ओलम्पिक आयोजक कमिटी र आइओसीले विना दर्शक खेल सन्चालन गर्ने निर्णय यसअघि नै गरिसकेका छन् । तर सम्पूर्ण खेलका प्रतिस्पर्धाहरु टेलिभिजन च्यानलबाट प्रत्यक्ष प्रशारण गरिने छन् । 

    २०७८, श्रावण ८ शुक्रवार०९:१०:५४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार