एमाले उपाध्यक्ष रावलको राजीनामा फिर्ता

एमाले उपाध्यक्ष रावलको राजीनामा फिर्ता

२०७८, श्रावण ८ शुक्रवार

  • 857
    SHARES

  • एमाले उपाध्यक्ष रावलको राजीनामा फिर्ता

    काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष डा भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले डा रावलले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको राजीनामा फिर्ता लिएको जानकारी दिए ।  
     
    गत असार २८ गतेको सर्वोच्च अदालतबाट पुनःस्थापित प्रतिनिधिसभामा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने दिन यही साउन ३ गते एमालेभित्रको आन्तरिक विवादका कारण डा रावलले राजीनामा दिएका थिए ।

    डा रावलले सत्ताको खेल अराजनीतिक र अस्वस्थ बन्दै गएकामा चिन्ता व्यक्त गर्दै राजनीनामा दिएको जनाएका थिए । पार्टीलाई एकताबद्ध बनाउन लागेका डा रावललाई एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले राजीनामा फिर्ता गर्न आग्रह गरेका थिए । 

    २०७८, श्रावण ८ शुक्रवार०२:३१:०६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार