चीनको हेनान प्रान्तमा बर्षापछिको बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६

चीनको हेनान प्रान्तमा बर्षापछिको बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६

२०७८, श्रावण ९ शनिवार

  • 785
    SHARES

  • चीनको हेनान प्रान्तमा बर्षापछिको बाढी र डुबानका कारण मृत्यु हुनेको सङ्ख्या ५६

    झेङझाउ । चीनको मध्य क्षेत्रमा व्यापक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ ।

    प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ ।

    भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।

    आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसकेको विभागले जनाएको छ । -एजेन्सी । 

    २०७८, श्रावण ९ शनिवार०७:१४:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार