ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

२०७८, श्रावण ९ शनिवार

  • 801
    SHARES

  • ब्राजिलमा झन् बढ्यो कोरोना प्रकोप, एकै दिन एकलाखभन्दा बढी सङ्क्रमित

    साओ पाओलो । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमण पछिल्लो समयमा झनै बढेको पाइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरुहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टामा नै एक लाखभन्दा पनि बढी सङ्क्रमित भएका छन् ।

    यहाँ विगतका केही दिनमा एकै दिनमा दुई हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका थिए ।

    हाल मृत्यु हुनेको संख्या त घटेको छ तर सङ्क्रमितहरु भने झनै बढेका छन् ।यहाँ शुक्रबार अघिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट कम्तीमा पनि १ लाख ८ हजार जना मानिस सङ्क्रमित भएका छन् ।

    योसँगै ब्राजिलमा कोरोना भाइरसको प्रकोपबाट संक्रमित हुनेहरुको संख्या १ करोड ९६ लाख पुगेको छ । जसका कारण यहाँको जनजीवन पनि निकै प्रभावित भएको देखिएको छ ।

    त्यसैगरी गएको २४ घन्टामा यहाँ यो सङ्क्रमणबाट १ हजार ३२४ जनाको ज्यान गएको छ । यो संक्रमणबाट अहिलेसम्म ब्राजिलमा ५ लाखभन्दा बढीको ज्यान गएको बताइएको छ ।
     
    ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरु भएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या पाँच लाख नाघेको छ ।

    त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार ब्राजिलमा अहिलेसम्म अर्थात् मंगलबार सम्ममा ५ लाख ४८ हजार ९५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको बताइएको छ ।

    ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्या बढेको पाइएको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या पनि केही हप्ता अघि घटेको देखिएकोमा अहिले बढेको छ ।

    ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो सङ्क्रमणको केन्द्रविन्दुको रुपमा रहेको पनि पाइएको छ । ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँ अहिले पनि दैनिक कम्तीमा पनि एक हजार जनाको ज्यान जाने गरेको छ  । एजेन्सी

    २०७८, श्रावण ९ शनिवार०३:०४:०८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार