११०१ सदस्यीय युथफोर्स उपत्यका कमाण्ड घोषणा

११०१ सदस्यीय युथफोर्स उपत्यका कमाण्ड घोषणा

२०७८, श्रावण ९ शनिवार

  • 1.4K
    SHARES

  • ११०१ सदस्यीय युथफोर्स उपत्यका कमाण्ड घोषणा

    काठमाडौं । राष्ट्रीय युवासंघ नेपालले युथफोर्स उपत्यका कमाण्ड घोषणा गरेको छ । 

    संघले शनिवार आयोजित एक कार्यक्रममा केन्द्रीय उपप्रमुख पुष्प श्रेष्ठको नेतृत्वमा १ हजार १ सय १ सदस्यीय उपत्यका कमाण्ड घोषणा गरेको हो । 

    नवगठित युथफोर्सको घोषणा सभालाई सम्बोधन गर्दै मातृ पार्टी नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले जनतालाई मन नपर्ने काम नगर्न फोर्सलाई निर्देशन दिएका छन् । 

    ‘परिवर्तित सन्दर्भमा जनतासँग जोडिने, जनताले नचाहेको काम नगर्ने, जनतालाई उत्पादनसँग जोड्ने, स्वरोजगारसँग अभियान चलाउने काम तपाईंहरुले गनुपर्छ,’ पोखरेलको निर्देशन छ, ‘भ्रष्टाचार विरुद्ध अभियान चलाउनुपर्छ ।’

    पोखरेलले युथफोर्स आतंकको स्रोत नभइ आतंक सिर्जना गर्नेलाई तह लगाउने सांगठन भएको बताए। ‘युथफोर्स आतंकको स्रोत होइन, कोही आतंक सिर्जना गर्न चाहान्छन् भने त्यसलाई ठेगान लगाउने संगठन हो,’ उनले भने, ‘ हामी कानुनी शासनलाई मान्छौं । कानुन हातमा लिँदैनौं ।’

    एमालेको रक्षा गर्ने एउटा खम्बाका रुपमा उभिन आह्वान गर्दै पोखरेलले युवासंघ नेपाललाई अभिभावका रुपमा मानेर अघि बढ्न निर्देशन दिए।

    त्यस्तै एमाले फुटाउने गरि सरकारले अध्यादेश ल्याए देशै भरि आगो लगाउँछौं, सम्बोधनका क्रममा एमाले केन्द्रीय कमिटी सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले भनेका छन् । 

    २०७८, श्रावण ९ शनिवार०६:०८:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार