अफगानिस्तानमा ८१ लडाकू मारिए

अफगानिस्तानमा ८१ लडाकू मारिए

२०७८, श्रावण १० आइतवार

  • 737
    SHARES

  • अफगानिस्तानमा ८१ लडाकू मारिए

    मजार आई शरिफ । अफगानिस्तानमा भएको सुरक्षा कारबाहीमा परी थप ८१ लडाकू मारिएका छन् ।  

    लडाकूहरुको अखडा रहेको ठाउँमा सुरक्षाकर्मीहरुले हेलिकोप्टर र लडाकू विमानबाट आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । 

    देशको उत्तरी बाल्ख प्रान्तमा आइतबार आक्रमण गरिएको सरकारी सेनाले आइतबार नै जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

    आइतबार दिउँसो काल्डार र चाम्ताल जिल्लामा भएको घटनामा परी अरु ४३ जना घाइते पनि भएको अधिकारीहरुले जनाएका छन् ।

    घटनास्थलबाट सुरक्षाकर्मीहरुले ठूलो सङ्ख्यामा सवारी साधन, विस्फोटक पदार्थलगायतका महत्वपूर्ण सामग्रीहरु पनि नियन्त्रणमा लिएको छ ।

    अफगानिस्तानमा लामो समयदेखि द्वन्द्व जारी छ । युद्ध अन्त्यका लागि पटकपटक वार्ता भइरहे पनि निष्कर्षमा पुग्न भने सकेको छैन । तालिबान विद्रोही लडाकूहरुले देशभरका झण्डै २०० जिल्ला आफूहरुको नियन्त्रणमा रहेको दाबी गरेका छन् । -एजेन्सी । 

    २०७८, श्रावण १० आइतवार११:२७:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार