लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

२०७८, श्रावण ११ सोमवार

  • 793
    SHARES

  • लण्डनमा लकडाउनविरुद्ध प्रदर्शन गर्नेहरू गिरफ्तार

    लण्डन । बेलायतको लण्डनमा लकडाउनका विरुद्धमा प्रदर्शन गर्ने प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

    प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीका बीचमा केहीबेर झडपसमेत भएको थियो । झडपमा परी चार प्रहरी घाइते भएका छन् । 

    स्थानीय समयअनुसार शनिबार भएको प्रदर्शनबाट प्रहरीले कम्तीमा ६ जनालाई गिरफ्तार गरेको अधिकारीहरूले जनाएका छन् ।

    सामान्यतयाः प्रदर्शन शान्तिपूर्ण नै भए पनि एक जना प्रदर्शनकारीले प्रहरीलाई बोतल प्रहार गरेपछि प्रहरीले प्रक्रियास्वरूप आक्रमणकारीलाई नियन्त्रणमा लिन खोजेपछि झडप भएको प्रहरीको भनाइ छ ।  

    बेलायतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरूको सङ्ख्या बढ्दै गएकाले सरकारले लकडाउनलाई पनि निरन्तरता दिँदै आएको छ । 

    बेलायतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको सङ्ख्या ३१ हजार ७९५ रहेको छ । -एजेन्सी ।

    २०७८, श्रावण ११ सोमवार०७:१३:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार