पार्टी विधी ध्वस्त बनाउने माधव समूह सरकारमा जान किन ढिलाई ?

पार्टी विधी ध्वस्त बनाउने माधव समूह सरकारमा जान किन ढिलाई ?

२०७८, श्रावण १२ मंगलवार

  • 1.1K
    SHARES

  • पार्टी विधी ध्वस्त बनाउने माधव समूह सरकारमा जान किन ढिलाई ?

    काठमाडौं । नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन कम्मर कसेर लागेको माधव कुमार नेपाल समूह सरकारको दिर्घायुका लागि निर्णायक शक्तिका रुपमा देखा परेको छ । 

    शुरुमा २८ जना सांसद सो समूहमा देखिए पनि युवा तथा विद्यार्थी राजनीतिबाट आएका युवा नेताहरु योगेश भट्टराई र गोकर्ण बिष्ट आन्तरिक संघर्ष चल्ला, केहि समय आफ्नो विचार तल पर्ला तर समयान्तरमा एमालेको मियोका रुपमा उठ्न सकिन्छ भनेर विपक्षी गठबन्धनमा सामेल भएनन् । 

    बाँकी रहेका २३ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा दायर रिटमा हस्ताक्षर गरेकै कारण अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

    नेपाल समूहकै कारण देउवा संसद्मा विश्वासको मत लिन सफल भएका हुन् । यद्यपि सूर्य चिन्हबाट चुनाव जितेर जनमतको अपमान हुनेगरि रुख चिन्हका नेतालाई प्रधानमन्त्री बनाउनेगरि मत दिनपर्ला भनेर आँकलन गर्न नसकेका नेपाल समूहका वरिष्ठ नेता भिमबहादुर रावलले आफैंलाई सम्हाल्न सकेनन् । फलतः सांसदबाटै राजिनामा दिएर संसद भवन छोडे ।

    उनले माधव नेपालमा तिब्र बिचलन आएको आरोपमात्र लगाएनन्, उनको गन्धा राजनीतिमा सहभागि नहुने भन्दै संसद छाडेका थिए ।

    पार्टी नीति, विधि र आफ्नै राजनीति समेत धरापमा पारेर गठबन्धनलाई निश्कर्षमा पुर्याएका माधव नेपाललाई आफ्ना अनन्य हितैषी ठान्दै प्रधानमन्त्री देउवा कोटेश्वर धाए पनि सफलता हात पर्न सकेको छैन । नेपाल समूहले पार्टी एकतामा जाने वा सरकारमा सहभागी हुने निर्णय गर्न नसक्दा प्रधानमन्त्री देउवाले दुई साता बितिसक्दा पनि मन्त्रिपरिष्दलाई पूर्णता दिन नसकेका हुन् । 

    देउवा नेतृत्वको सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूहलाई सरकारमा सहभागी गराउन प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाललाई भेट्न घरमै धाइरहेका छन् । नेपाल समूह सरकारमा सहभागी भएको खण्डमा नेपाल समूहलाई ६ देखि ८ वटा मन्त्रालय दिने सहमति बनेको छ ।

    उता जसपा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगबाट पार्टीको आधिकारिता पाएसँगै तत्काल सरकारमा सहभागी हुने भएको छ । परराष्ट्र, उद्योग, वाणिज्य तथा आपूर्ति र शहरी विकास मन्त्रालय ताकेको जसपाले कम्तीमा ६ वटा मन्त्रालय लिने भएको छ । तर, नेपाल समूह सरकारमा सहभागी हुने नहुने निक्र्यौल नभएसम्म यसै भन्न सकिने अवस्था छैन ।

    सरकारलाई बलियो बनाउन विपक्षी गठबन्धनले नेपाल समूहको साथ खोजिरहेको छ । नेपाली काँग्रेसका नेताहरु पनि माधवको विगत ढुलमुले चरित्र भएकाले सरकारमै ल्याएर सरकार सुरक्षित गर्नुपर्ने मनस्थितिमा छन् ।

    १५ वर्ष पार्टी महासचिव हुँदा लिंग नै नभएको अवस्थामा पार्टी पुर्याएको, शाही शासनकालमा आन्दोलन गर्न हिचकिचाउँदै प्रतिगमन आधा सच्चियो भन्दै सरकारमा जान हतारिने नेपालले आफ्नै पार्टीको सरकार ढालेर खुशियाली मनाइरहँदा सरकारमा समावेश गराउन सके बाँकी १७ महिना सरकार चलाउन सकिने निश्कर्षमा कांग्रेस देखिन्छ ।

    समूहका केहि सांसदहरु कतिखेर सरकारमा जान पाइएला भनेर दौरा सुरुवाल तयारी अवस्थामा राखेर बसेको अवस्था हालको छ । मन्त्री नै बन्न पाउने लोभले विगतमा ओली समूहका नजिकका ८ सांसद प्रेम आले, किसन श्रेष्ठ लगाएतले विपक्षी नेतालाई मत हालेर प्रधानमन्त्रीमा सुनिश्चितता दिलाइसकेका छन् ।

    माधव समूहले सरकारमा जान ढिलाई गर्दा आले लगाएतका सांसद समेत मन्त्रीको पर्खाइमा थप कुर्न पर्ने देखिएको छ । सो समूहबाट कम्तिमा १ जना सांसद मन्त्री बन्ने निश्चित भएको स्रोत बताउँछ । 

    २०७८, श्रावण १२ मंगलवार०८:४६:३८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार