अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

२०७८, श्रावण १२ मंगलवार

  • 841
    SHARES

  • अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच पछिल्लो घटनाक्रमबारे कुराकानी

    कायरो । अरब लिगका महासचिव र ट्युनिसियाका विदेशमन्त्रीबीच सोमबार फोन वार्ता भएको बताइएको छ । उनीहरुबीच हालैमात्र ट्युनिसियामा भएको राजनीतिक घटनाक्रमका बारेमा कुराकानी भएको थियो ।

    महासचिव अहमद अबोल गइद र ट्युनिसियाका विदेशमन्त्री ओथमान जेरान्दीबीच ट्युनिसियामा विकसित भएको पछिल्लो राजनीतिक विषयवस्तुका बारेमा कुराकानी भएको बताइएको छ ।

    ट्युनिसियामा गत आइतबार राति त्यहाँको संसद निलम्बन भएको छ भने यहाँका राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका छन् ।

    त्यसपछि ट्युनिसियामा विकसित भएको राजनीतिका विकासक्रमका बारेमा उनीहरुबीच फोनमा कुराकानी भएको सो समाचारमा जनाइएको छ ।

    हाल त्यहाँका कार्यकारिणी अधिकार राष्ट्रपतिले लिएका छन् भने नयाँ प्रधनानमन्त्री नियुक्त पनि गरिएको छैन ।

    यहाँ केही दिनयता देखि सरकारका विरुद्धमा आन्दोलन चर्किएको थियो र त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खास्त गरेका हुन् । यसै विषयमा उनीहरुबीच कुराकानी भएको बताइएको छ । एजेन्सी

    २०७८, श्रावण १२ मंगलवार१२:२२:२८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार