गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त

गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त

२०७८, श्रावण १३ बुधवार

  • 1.3K
    SHARES

  • गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त

    काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पुथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गरेका छन् ।  

    नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को हिजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उनीहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

    २०७८, श्रावण १३ बुधवार०७:२४:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार