भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित, ६४० जनाको मृत्यु

भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित, ६४० जनाको मृत्यु

२०७८, श्रावण १३ बुधवार

  • 849
    SHARES

  • भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित,  ६४० जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

    यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको तुलनामा मङ्गलबार बढेको सो मन्त्रालयले जानकारी दिएको छ  ।  सोमबार २९ हजार ६८९ जनामा कोरोना सङ्क्रमण देखा परेको थियो । 

     हाल भारतमा तीन लाख ९९ हजार ४३६ जना सक्रिय सङ्क्रमित रहेका समाचारमा जनाइएको छ । गत २४ घण्टाको अवधीमा भारतमा कोरोना सङ्क्रमणको कारण ६४० जनाको मृत्यु भएको छ । यसैसँगै यहाँ कोरोना शुरुभएदेखि हालसम्म कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या चार लाख २२ हजार २२ पुगेको पनि स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ 

    गत २४ घण्टामा यहाँ ४१ हजार ६७८ जना व्यक्ति कोरोना मुक्त भएपछि कुल तीन करोड ६ लाख ६३ हजार १४७ व्यक्ति कोरोना भाइरस मुक्त भएका छन् ।

    सङ्क्रमण मुक्त भएकाहरुको यो सङ्ख्या ९७.३९ प्रतिशत हो ।   स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसविरुद्ध ४४ करोड ६१ लाख ५६ हजार भन्दा बढी डोज खोप लगाइएको छ । त्यसैगरी देशभरी अहिलेसम्म ४६ करोड ९ लाख व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ । -एजेन्सी

    २०७८, श्रावण १३ बुधवार०२:०९:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार