मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

२०७८, श्रावण १३ बुधवार

  • 1.0K
    SHARES

  • मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने गठबन्धनको सहमति

    काठमाडौँ । सत्तारुढ गठबन्धनले मन्त्रिमण्डललाई छिट्टै पूर्णता दिने सहमति गरेको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको गठबन्धनका शीर्ष नेताको बैठकमा चाँडो भन्दा चाँडो मन्त्रिमण्डल विस्तार गर्ने सहमति भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

    बैठकमा सरकारका न्यूनतम् साझा कार्यक्रम ल्याउने, सरकारी नियुक्ती गर्दा गठबन्धनमा सरसल्लाह र सहमति गर्नेलगायत विषयमा छलफल भएको उनले बताए ।

    बैठकमा विभिन्न दलका शीर्ष नेताले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार सञ्चालन सम्बन्धमा सुझाव दिएका थिए । साथै सरकारका कामको समीक्षासमेत गरिएको थियो ।

    बैठकमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल र नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताको सहभागिता थियो ।

    २०७८, श्रावण १३ बुधवार०३:५४:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार