इजरायल प्यालेस्टाइनको द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्छ : संयुक्त राष्ट्रसंघ

इजरायल प्यालेस्टाइनको द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्छ : संयुक्त राष्ट्रसंघ

२०७८, श्रावण १४ बिहिवार

  • 821
    SHARES

  • इजरायल प्यालेस्टाइनको द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्छ : संयुक्त राष्ट्रसंघ

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले इजरायल र प्यालेस्टाइनको द्वन्द्वलाई राजनीतिक माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका अधिकारीले पछिल्ला दिनहरुमा बढ्दै गएको इजरायल र प्यालेस्टाइनबीचको युद्धलाई शान्तिपूर्ण तवरबाट राजनीतिक समाधान खोज्न आग्रह गरेका हुन् ।

    अहिले गाजामा यहाँका द्वन्द्वपीडित नागरिकलाई आवश्यक सहयोग गरिएको छ । विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाहरुले यो सहयोग उपलब्ध गराएको प्यालेस्टाइनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी निकायका संयोजक लिन ह्यास्टिनले बताएका छन् । 

    उनले हाल गाजाका नागरिकलाई विश्वका विभिन्न समुदायले सहयोग गरिरहेको प्रसंग उल्लेख गर्दै भनेका छन् की हाल त्यहाँ मानवीय सहायता उपलब्ध गराएको भएपनि त्यहाँको युद्धको समाधान राजनीतिक रुपबाट नै खोज्नुपर्छ र यसका लागि विश्व समुदायको दबाब आवश्यक छ ।

    पछिल्ला दिनहरुमा इजरायल र प्यालेस्टाइनमा द्वन्द्व बढ्दै गएको छ । त्यहाँका कैयौँ मानिसलाई मानवीय सहायताको आवश्यकता देखिएको पनि बताइएको छ । -एजेन्सी । 

    २०७८, श्रावण १४ बिहिवार०२:१५:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार