कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

२०७७, पौष ३ शुक्रवार

  • 1.1K
    SHARES

  • कोरोनाको खोप एसियामा आउन एक बर्ष लाग्न सक्छ : डब्लुएचओ

    पौष ३, जाकार्ता ।

    विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन झण्डै एक बर्षसम्म लाग्न सक्ने जनाएको छ । 

    संगठनले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र छ महिनादेखि एक बर्षसम्म लाग्न सक्ने बिहीबार बताएको हो । 

    ढिला आउनुको कारण मध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारीताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । 

    त्यसैगरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ ।  

    डब्लुएचओका क्षेत्रीय निर्देशक डा। ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन् । 

    “कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन्, तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ,” उनले भने ।  

    उनले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए । 

    स्वास्थ्यसम्वन्धी निकायहरुले सवैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ ।- एजेन्सी ।  

    २०७७, पौष ३ शुक्रवार०७:२३:४१
    प्रतिक्रिया
    सम्बन्धित समाचार