नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

२०७८, श्रावण १८ सोमवार

  • 873
    SHARES

  • नयाँ मन्त्रिपरिषद् गठन गर्न सिरियाका राष्ट्रपतिको आह्वान

    दमास्कस । सिरियाका राष्ट्रपति बसर अल असदले नयाँ मन्त्रिपरिषद् गठन गर्न प्रधानमन्त्रीलाई आह्वान गरेका छन् ।  

    प्रधानमन्त्री हुसेन अर्नौसलाई उनले आइतबार नयाँ मन्त्रिपरिषद् बनाउन आह्वान गरेका राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएको छ ।

    यही जुलाई १७ मा आफ्नो चौथो कार्यकालका लागि राष्ट्रपतिको शपथ ग्रहण गरेकाले राष्ट्रपति असदले प्रधानमन्त्रीलाई नयाँ मन्त्रिपरिषद् गठन गर्न आह्वान गरेका हुन् । 

    गत मे महिनामा भएको निर्वाचनमा उनी फेरि राष्ट्रपतिका लागि निर्वाचित भएको घोषणा गरिएको थियो ।  

    राष्ट्रपति असदले गत अगस्टमा अर्नौसलाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए । तत्कालीन प्रधानमन्त्री इमाद खामिसलाई सन् २०२० को जुनमा बर्खास्त गरी राष्ट्रपति असदले अर्नौसलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।  

    मध्यपूर्वको सङ्कटग्रस्त मुलुक सिरियामा नयाँ मन्त्रिपरिषद् गठन भएसँगै सङ्कट समाधान हुने अपेक्षा गरिएको छ । 

    प्रधानमन्त्री बन्नु अघि अर्नौसले जलस्रोत मन्त्रीका रुपमा पनि काम गरिसकेका थिए । -एजेन्सी । 

    २०७८, श्रावण १८ सोमवार०८:०७:४०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार