सप्तरीको छिन्नमस्ता मन्दिरको मुकुट चोरी

सप्तरीको छिन्नमस्ता मन्दिरको मुकुट चोरी

२०७८, श्रावण १८ सोमवार

  • 1.1K
    SHARES

  • सप्तरीको छिन्नमस्ता मन्दिरको मुकुट चोरी

    राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरभित्र रहेको मूर्तिको चाँदीको मुकुट (मस्तक) आइतवार साँझ चोरी भएको छ ।

    साँझ करिब ७ः३० बजे छिन्नमस्ता भगवती मन्दिर सखडेश्वरी शक्तिपीठमा रहेको भगवतीको चाँदीको मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय सखडाले जनाएको छ । पुजारीहरू पोखरीतिर सरसफाइमा व्यस्त रहेको समयमा मुकुट चोरी भएको जनाइएको छ ।

    यता चोरी गरिएको मुकुटसहित चोरी गर्ने व्यक्तिको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । साथै चोरी भएको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  ।  

    २०७८, श्रावण १८ सोमवार०८:१६:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार