काठमाडौं । नेकपा एमाले भित्रको किचलो मत्थर हुने संकेत हालसम्म देखिएको छैन ।
एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल सहितको समूहको व्यक्तिगत टकराव मिल्नै नसक्ने विन्दुतिर सोझिएको छ ।
बाँझो जमिनमा सिप र जाँगर चलाएर लाखौं आम्दानी गर्ने सोच भन्दा पनि गफ दिएर जनतालाई मुर्ख बनाउँदै शासन गर्ने बानी परेका नेताका कारण यस्ता समस्या आएका हुन् एमाले पेशागत जिल्ला कमिटीका एक शिक्षक नेताले नाम नबताउने सर्तमा लामो आक्रोश पोखेका छन् । १५ वर्ष पार्टी नेतृत्वमा बसेका माधव नेपालकै कारण एमाले विभाजनको तहमा पुगेको उनको आक्रोश छ ।
निराश भएका कार्यकर्ताका आक्रोश थाम्न पनि एमालेले गति लिन पर्ने अन्यथा ठूलो दुर्घटना अझै बाँकीरहेको शिक्षक नेता एकराज लकान्द्री बताउँछन् ।
देशभरका कार्यकर्ताको दवाव बढेपछि (एमाले) को आइतवार बसेको स्थायी कमिटी बैठकले आगामी भदौ २७ र २८ गते काठमाडौँमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव पारित गरेको छ ।
च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले महाधिवेशनलाई व्यवस्थित गर्न कार्यदलहरू गठन गरेको छ । राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली र सङ्गठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको प्रवक्ता प्रदीप ज्ञवलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बैठकले पार्टीका नेता रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ । सो प्रस्तावलाई अन्तिम रूप दिन र आवश्यक निर्णय गर्न पार्टीको केन्द्रीय कमिटी बैठक आगामी साता बस्ने भएको छ । बैठकले असोजको पहिलो साता देशभरका सबै वडामा वडा अधिवेशन र दोस्रो साता सबै पालिकामा पालिका कमिटी अधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठकले दार्चुलामा महाकाली नदी पार गर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाको विरोध जनाउँदै सो घटनाका सत्यतथ्य प्रस्तुत गर्न, भारतीय पक्षसँग जानकारी माग्न, दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गरेको छ ।