सञ्जीवलाई स्वर्ण

सञ्जीवलाई स्वर्ण

२०७८, श्रावण १८ सोमवार

  • 1.1K
    SHARES

  • सञ्जीवलाई स्वर्ण

    काठमाडौँ । नेपालका सञ्जीव नेपालीसहित तीन खेलाडीले डिजी एशियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा सञ्जीवले अमेरिकाका क्लिभ कोल्लाडोलाई हराउँदै स्वर्ण पदक जितेका हुन् ।

    पुरुष ३०/४० वर्ष उमेर समूहको पुम्सेमा सञ्जीवले ५.४३३ स्कोर प्राप्त गर्दा क्लिभले ४.४८३ स्कोर जोडेका थिए । महिला १८/३० वर्षमुनि उमेर समूहमा पनि नेपालकै सन्दीपा अमगाईंले सफलता पाइन् । उनले पनि अमेरिकाकै सानोन मास्देनलाई हराउँदै स्वर्ण चुमिन् ।

    सन्दीपाले ५.५०० स्कोर र सानोनले ५.४०० स्कोर प्राप्त गरेकी थिइन् । नेपालकै प्रेमकुमार दर्नालले पुरुष ४०/५० वर्ष उमेर समूहको पुम्सेमा स्वर्ण जिते । प्रेमकुमारले कूल ५.०६७ स्कोर बटुल्दै अमेरिकाका टिम ओमिरालाई हराए । थोरै स्कोरले पछि परेका टिमले ५ स्कोर बटुलेका थिए ।

    यही साउन १६ गतदेखि सञ्चालन भएको पुम्से च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, सिङ्गापुर, स्लोभानिया र इण्डोनेसियाका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । 

    २०७८, श्रावण १८ सोमवार०२:१२:३९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार