इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरु

इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरु

२०७७, पौष ३ शुक्रवार

  • 2.0K
    SHARES

  • इलामको माङ्सेबुङमा बाली विज्ञानको कक्षा शुरु

    पौष ३, इलाम । 

    इलामको माङ्सेबुङमा बाली विज्ञानको पढाइ शुरु भएको छ । माङ्सेबुङको सरस्वती माध्यमिक विद्यालय कक्षा ९ मा बाली विज्ञान विषयको अध्ययन शुरु भएको हो ।

    कक्षा ९ बाट यसै वर्षबाट औपचारिकरूपमा पठनपाठन नै शुरु भएको प्रधानाध्यापक हरिप्रसाद आङ्देम्बेले जानकारी दिए । उनका अनुसार पहिलो वर्ष नै कक्षा ९ मा ४७ जना विद्यार्थीले बाली विज्ञान अध्ययन गर्न शुरु गरेका छन् ।

    विद्यालयले प्रवेश परीक्षा लिएर छनोट भएकालाई औपचारिक शिक्षाका लागि प्रवेश गराएको हो । परीक्षाबाट ४७ जना उत्तीर्ण भएसँगै अध्ययन शुरु गरिएको हो । 

    कोरोना सङ्क्रमणका कारण लामो समय विद्यालय सञ्चालन हुन नसक्दा विषेशज्ञ छनोटमा समेत समस्या भएको थियो । पहिलो वर्ष भएका कारण कक्षा ९ बाट अध्ययन शुरु गरिएको हो ।

    पहिलो वर्ष नै उल्लेख्य विद्यार्थीको सहभागिता रहेको विद्यालयले जनाएको छ । आउँदा दिनमा नियमितरूपमा बाली विज्ञानको कक्षा सञ्चालन हुने प्रधानाध्यापक आङ्देम्बेको भनाइ छ । 

    पछिल्लो समय बालबालिकाको समेत व्यावसायिक र प्राविधिक विषयप्रति चासो बढ्दै गएको छ । सामान्यतया औपचारिक शिक्षा लिँदा जागिर पाउन समस्या हुने भएकाले पनि नयाँ विषयप्रति विद्यार्थीहरुको रुचि बढेको पाइन्छ ।

    बाली विज्ञानको अध्ययनपश्चात् गाउँमा नै जागिर पाइने भएकाले पनि विद्यार्थीहरुको रुचि बढेको हो । 

     

    २०७७, पौष ३ शुक्रवार०८:४४:३४
    प्रतिक्रिया
    सम्बन्धित समाचार