काठमाडौं । नेकपा एमालेले पार्टी नविकरण प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । नविकरणका लागि असार मसान्त सम्मको अन्तिम समयसिमा भनिएपनि वरिष्ठ नेता माधव नेपाल समूहलाई पर्खिनाले थप समय लागेको हो ।
यद्यपि देशभरका कार्यकर्ताले दबाब बढाए पछि श्रावण २३ गतेभित्र नविकरण टुंग्याउने पछिल्लो समयसिमा एमाले स्थायी कमिटीले तोकेको छ ।
नेतृत्वतहमा पार्टी एकता गर्न कार्यदल बनाएरै कमिकमजोरी सुधार्ने प्रयासमा नेताहरु जुटेपनि कार्यकर्तामा भने फरक अवस्था देखिएको छ । देशव्यापी नविकरण अभियान चलेयता एमालेका ८० प्रतिशत भन्दा बढि कार्यकर्ताले पार्टी नविकरण गरेका देखिएको छ ।
खासगरि पुर्वप्रधानमन्त्री ओलीका सल्लाहकार र सचिवालयमा रहेका नेताहरुका व्यवहारका कारण कार्यकर्ता पंक्ति रुष्ट देखिन्छ । त्यस्तै माधव कुमार नेपाल सहित २२ सांसदले आफ्नो सरकार ढालेर विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री चुनेकोमा कार्यकर्ता पंक्ति बढि आक्रोशित देखिन्छ ।
शुरुका दिनमा निक्कै आक्रोशित देखिएका कार्यकर्ता पार्टी नविकरणमा भने अगाडी नै देखिएका छन् । नेता विशेष भएर पछिपछि कुद्ने कार्यकर्ता बाहेक अन्यलाई एमाले पार्टी नै प्यारो रहेको उनीहरुको भनाई छ । माधव जतासुकै जाउन् तर एमाले छोडिँदैन भन्ने कार्यकर्ता उल्लेख्य देखिए शिक्षक नेता एकराज लकान्द्री बताउँछन् ।
आगामी चुनावमा यी स्वार्थी नेतालाई आफ्नै कार्यकर्ताले हराउने सम्भावना बढेको नाम नबताउने शर्तमा एमाले पेशागत जिल्ला कमिटिका जिल्ला स्तरका नेता बताउँछन् ।
पार्टी चलाउन एमाले कामयावी देखिँदै गयो तर सरकार कसरी चलाउने पर्याप्त प्रशिक्षणकै जरुरी भएको नेता लकान्द्री बताउँछन् ।
पार्टीका काम गर्न कार्यकर्ता चाहिने तर अवसरका लागि सातसमुद्र पार गराएर भए पनि परिवारकै सदस्य मात्र खोज्ने काम भयो निजी तथा सामुदायिक प्राध्यापक इलाकाका सदस्य विमित(परिवर्तित नाम) बताउँछन् ।
यस्तै गतिविधिका कारण ओली सरकार अलोकप्रिय हुँदै गयो; फलत: ढल्न पुग्यो, यसको जिम्मेवारी अध्यक्षले पनि लिनु पर्छ । पार्टीका कार्यकर्ता झण्डाको वरिपरि गोलबद्ध हुन्छन् नकी नेता वरिपरि उनले थपेका छन् ।
केही समय अगाडीसम्म केपी ओली लचिलो भईदिए हुन्थ्यो भन्ने कार्यकर्तानै माधव नेपालसँग रुष्ट बन्दै गएको जिकिर नेतृ सुजिता शाक्यले गरिन् । माधव नेपालले मागेका कुरा दिने भन्दा पनि विधि, पद्धति अनुसारै पार्टी चल्नुपर्ने माग कार्यकर्ताबाट उठेको नेतृ शाक्यले निजी तथा सामुदायिक प्राध्यापक इलाका कमिटीको शपथ ग्रहण कार्यक्रममा बताइन् ।