कोभिड–१९ : जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित 

कोभिड–१९ : जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित 

२०७८, श्रावण १९ मंगलवार

  • 757
    SHARES

  • कोभिड–१९ : जापानमा २४ घण्टामा आठ हजार ३९३ सङ्क्रमित 

    टोकियो । जापानले सोमबार कोभिड–१९ सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या आठ हजार ३९३ पुगेको जनाएको छ । यो अघिल्ला हप्तामा सोही दिन सङ्क्रमण पुष्टि भएको सङ्ख्याको झन्डै दोब्बर हो ।

    ओलम्पिक आयोजना भइरहेको टोकियो र वरिपरि संक्रमण बढ्दै गइरहेका समय जापानका स्थानीय सञ्चारमाध्यमले सङ्क्रमण वृद्धिको समाचारलाई विशेष महत्व दिएर सम्प्रेषण गरेका छन् ।

    टोकियोमा लगातार पाँच दिनसम्म तीन हजार भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका छन् ।

    सोमबार टोकियोमा दुई हजार १९५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । राजधानी वरपरका प्रिफेक्चरहरू कनगावा, चिबा र साइतामा क्रमशः एक हजार ६८६, ७८७ र ७६२ सङ्क्रमित भेटिएका छन् । 

    टोकियोमा पछिल्लो समय सङ्क्रमितमध्ये अधिकांश २०–३० वर्षका मानिसहरू रहेका पनि बताइएको छ । 

    जापानको प्रधानमन्त्री कार्यालयका अनुसार ५० करोडभन्दा बढी अर्थात् जापानको करिब ४० प्रतिशत जनसंख्याले कोभिड–१९ खोपको कम्तीमा एक मात्रा लिएका छन् । जुलाई १२ मा टोकियो महामारीका कारण चौथो पटक सङ्कटकालीन अवस्थामा प्रवेश गरेको थियो । 

    टोकियोको शहरका क्षेत्रहरूमा पैदल यात्रुहरूको चाप  अलिकति कम भए तापनि कोभिड–१९ को अत्यधिक सङ्क्रामक डेल्टा फैलिएपछि सङ्क्रमण सङ्ख्यामा व्यापक वृद्धि भएको बताइएको छ ।- एजेन्सी । 

     

    २०७८, श्रावण १९ मंगलवार०७:००:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार