२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

२०७८, श्रावण १९ मंगलवार

  • 769
    SHARES

  • २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

    वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । 

    उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो । 

    अमेरिकामा रहेको रुसी दूतावासले सो कुराको जानकारी दिएको बताइएको छ । अमेरिकाका लागि रुसी राजदूत एन्टोली एन्टोनोभले भन्नुभएको छ, हामीलाई आगामी सेप्टम्बर ३ तारिख अगावै ती कूटनीतिज्ञले अमेरिका छोड्नु भनेर अमेरिकाले २४ जनाको सूची पठाएको छ । 

    ती रुसी कूटनीतिज्ञले निर्धारित समयमै अमेरिका छोड्ने जानकारी राजदूत एन्टोलीले दिएका छन् । 

    उनका अनुसार हाल अमेरिकाले प्रवेशाज्ञामा निकै नै कडाइ गरेकाले ती २४ जनाको स्थानमा तत्कालै अरु कूटनीतिज्ञ अमेरिका नआउने जानकारी पनि दिए । -एजेन्सी

    २०७८, श्रावण १९ मंगलवार०२:३९:१६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार