श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

२०७८, श्रावण २० बुधवार

  • 865
    SHARES

  • श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

    कोलम्बो । श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

    श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताएका छन् । पुष्टि गरेका छन् । 

    जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइने उनले बताए ।  

    जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भने, “श्रीलङ्काका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौं हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।”

    सरकारी अधिकारीका अनुसार श्रीलङ्काले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ । 

    ३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ । 

    स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ । -एजेन्सी । 

    २०७८, श्रावण २० बुधवार०७:२१:२१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार