विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

२०७८, श्रावण २० बुधवार

  • 1.1K
    SHARES

  • विश्व क्रिकेट लिग–२ को प्रारम्भिक छनोटमा १९ खेलाडी

    काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय सिरिजका लागि आज १९ सदस्यीय खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ । 

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले बोलाएको १९ खेलाडीमध्ये गुलशन झा पहिलो पटक समावेश भएका छन् । गुलसनले मेयर्स कप क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदैछ ।

    बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी छन् ।

    त्यसैगरी कमलसिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल छन् ।

    २०७८, श्रावण २० बुधवार०३:२१:०४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार