पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी

पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी

२०७८, श्रावण २२ शुक्रवार

  • 981
    SHARES

  • पाकिस्तानमा कोभिड सङ्क्रमितको मृत्यु दर नौ प्रतिशतभन्दा बढी

    इस्लामाबाद, पाकिस्तान । करिब तीन महिनापछि बिहीबार गरिएका परीक्षणले कोभिड सङ्क्रमण दर नौ प्रतिशत भन्दा बढी देखाएपछि पाकिस्तानमा कोरोनाभाइरस स्थिति खराब बन्दै गएको पुष्टि भएको छ ।  

    पाकिस्तानी समाचार संस्था न्यूज इन्टरनेशनलका अनुसार पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमूनामा पाकिस्तानको कोभिड–१९ सङ्क्रमितको दर ९.०६ प्रतिशत रहेको छ ।

    ‘नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टर’ (एनसीओसी) कोे तथ्याङ्कअनुसार उक्त अवधिमा कम्तीमा ६२ हजार ४६२ व्यक्तिको रगतको नमूनामार्फत् कोभिड–१९ परीक्षण लिइएको थियो । 
      
    पाकिस्तानमा यो भाइरसको चौथो लहर फैलिरहँदा दैनिक सङ्क्रमित, मृत्यु र हाल सक्रीय बिरामीको सङ्ख्यामा तीव्र वृद्धि भएको तथ्याङ्कले देखाएको छ । यो २४ घण्टाको अवधिमा पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित ६० जनाको मृत्यु भएको छ र यससँगै पाकिस्तानमा कोभिड–१९ सङ्क्रमित २३ हजार ६३५ जनाको मृत्यु भएको छ । 

    देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या ७७ हजार ४०९ रहेको भने हालसम्म १० लाख ५३ हजार ६६० व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यिमध्ये नौ लाख ५२ हजार ६१६ जना निको भइसकेका छन् । -एजेन्सी । 

    २०७८, श्रावण २२ शुक्रवार०७:४६:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार