कोरोना अपडेट: थप ७८२ जनामा कोरोना पुष्टि,१६ को मृत्यु

कोरोना अपडेट: थप ७८२ जनामा कोरोना पुष्टि,१६ को मृत्यु

२०७७, पौष ३ शुक्रवार

  • 1.4K
    SHARES

  • कोरोना अपडेट: थप ७८२ जनामा कोरोना पुष्टि,१६ को मृत्यु

    पौष २, काठमाडौँ । 

    पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७०६ जनाको परीक्षण गरिएकोमा ४७७ जना पुरुष र ३०५ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार २९ रहेको छ ।

    हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४१ हजार ३९२ रहेको छ ।

    हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ३१७ रहेको छ ।

    पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण १६ जनाको मृत्यु छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या १ हजार ७६५ रहेको छ ।

     

    २०७७, पौष ३ शुक्रवार०५:३३:४७
    प्रतिक्रिया
    सम्बन्धित समाचार