भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, ४६४ जनाको मृत्यु

भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित, ४६४ जनाको मृत्यु

२०७८, श्रावण २२ शुक्रवार

  • 893
    SHARES

  • भारतमा थप ४४ हजार नयाँ सङ्क्रमित,  ४६४ जनाको  मृत्यु

    नयाँ दिल्ली । भारतका कोरोनाभाइरसबाट नयाँ ४४ हजार ६४३ जना सङ्क्रमित थपिएका छन् । 

    सरकारी अधिकारीले दिएको जानकारीअनुसार थपिएका सङ्क्रमितसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेको सङ्ख्या चार लाख १४ हजार १५९ पुगेको छ । यो सङ्ख्या कूल सङ्क्रमितको १.३० प्रतिशत भएको पनि जनाइएको छ । 

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ९६ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै समयमा कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको सङ्ख्याभन्दा थप सङ्क्रमितको सङ्ख्या धेरै भएकाले अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्यामा वृद्धि भएको छ । 

    भारतमा अहिले सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या तीन करोड १० लाख १५ हजार ८४४ पुगेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमितमध्ये अहिलेसम्म सङ्क्रमणमुक्त भएको कूल सङ्ख्या ९७.३६ प्रतिशत पुगेको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् ।

    भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार लाख २६ हजार ७५४ को मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ । तीमध्ये ४६४ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । 

    अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म ४९ करोड ५३ लाख २७ हजार ५९५ भन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ ।  -एजेन्सी  

    २०७८, श्रावण २२ शुक्रवार०१:५२:५०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार