अटेर गर्ने दुई विद्यालयका सञ्चालक कारबाहीमा

अटेर गर्ने दुई विद्यालयका सञ्चालक कारबाहीमा

२०७८, श्रावण २६ मंगलवार

  • 1.1K
    SHARES

  • अटेर गर्ने दुई विद्यालयका सञ्चालक कारबाहीमा

    बागमती । जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोना महामारीका कारण जारी निषेधाज्ञा उल्लङ्घन गरी विद्यालय सञ्चालन गर्ने मकवानपुरको हेटौँडाका दुई विद्यालय सञ्चालकलाई सोमवार जरिवाना गरी कारबाही गरेको छ ।  

    कारवाही पर्नेमा हेटौँडा उपमहानगरपालिका–७ नागसोतीस्थित तासिर इग्लिस सेकेन्डरी विद्यालयका सञ्चालक ३६ वर्षीय अमृतप्रसाद ढकाल र हेटौँडा उपमहानगरपालिका–५ स्थित ज्ञानोदय बालवाटीका विद्यालयका सञ्चालक मनहरि गाउँपालिका–५ बस्ने श्यामकुमार बानियाँलाई कारबाही गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

    दुवै विद्यालयका सञ्चालकलाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम सो कार्यालयले जनही रु १० हजारका दरले जरिवाना गरेको बताइएको छ । 

    २०७८, श्रावण २६ मंगलवार०७:१०:०७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार