रायसी र म्याक्रोँबीच फोनवार्ता, परमाणु वार्ताले इरानी ’अधिकार’ प्रत्याभूत गर्नुपर्ने रायसीको अडान

रायसी र म्याक्रोँबीच फोनवार्ता, परमाणु वार्ताले इरानी ’अधिकार’ प्रत्याभूत गर्नुपर्ने रायसीको अडान

२०७८, श्रावण २६ मंगलवार

  • 917
    SHARES

  • रायसी र म्याक्रोँबीच फोनवार्ता, परमाणु वार्ताले इरानी ’अधिकार’ प्रत्याभूत गर्नुपर्ने रायसीको अडान

    तेहरान । इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले सोमबार आफ्ना फ्रान्सेली समकक्षी इम्यानुएल म्याक्रोँलाई सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न विश्वशक्तिहरुसँग भएको वार्ताले तेहरानको ‘अधिकार’ को प्रत्याभूत गर्नुपर्ने बताएका छन् । 

    इरानी राष्ट्रपतिको वेबसाइटका जारी विज्ञप्तिका अनुसार राइसीले एक घण्टा लामो फोनमा इरानको आणविक सम्झौता र इरानमाथि अमेरिका तथा उसका सहयोगीहरूले लगाएको आर्थिक नाकाबन्दीबारे कुराकानी भएको थियो । वित्रप्तिमा थप भनिएको छ, “भविष्यमा हुने कुनै पनि वार्ताले इरानी जनताको अधिकारलाई सम्बोधन गर्नुपर्छ र इरानको राष्ट्रिय हित सुनिश्चित गर्नुपर्छ ।” 

    एलिसीका अनुसार म्याक्रोँले इरानलाई रायसीसँगको वार्तामा ’विलम्ब नगरी’ आणविक उल्लङ्घनका घटना रोक्न आग्रह गरेका थिए ।  

    सन् २०१५ मा इरानले विश्वशक्ति राष्ट्रहरूसँग गरेको आणविक सम्झौतामा इरानले आणविक मोहलाई त्याग्ने र बदलामा अमेरिका लगायतका यूरोपेली मुलुकले इरानमाथि लगाएको आर्थिक प्रतिबन्ध अन्त्य गर्ने सहमति भएको थियो ।

    सम्झौता अमेरिकाको पक्षमा नभएको भन्दै तत्कालिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसँगको आणविक सम्झौता मान्न नसक्ने बताएका थिए । उनको उक्त घोषणासँगै अमेरिका सम्झौताबाट फिर्ता भएको थियो भने इरानले पनि आणविक सम्झौतामा गरिएका प्रतिवद्धतालाई क्रमशः तोड्दै गएको थियो । 

    पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा भएको वार्तालाई ट्रम्प प्रशासनले अमान्य भने पनि वर्तमान् अमेरिकी राष्ट्रपति जो बाइडेन भने नयाँ सम्झौता गर्न इरानसँग केही लचिलो हुनसक्ने अनुमानहरू गरिएका छन् ।- एजेन्सी । 

    २०७८, श्रावण २६ मंगलवार०७:२७:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार