इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

२०७८, श्रावण २८ बिहिवार

  • 1.3K
    SHARES

  • इरानका नयाँ राष्ट्रपतिद्वारा प्रस्तावित मन्त्रीहरूको नाम संसद्मा पेस

    तेहरान । इरानका नवनिर्वाचित राष्ट्रपति इब्राहिम रायसीले आफूले मन्त्रीमा नियुक्त गर्न लागेका व्यक्तिहरूको नामावली संसद्मा पेस गरेका छन् । 

    राष्ट्रपतिले मन्त्री बनाउन चाहेको प्रस्ताव नामावलीसहित संसद्मा पेस गरी पारित गर्नुपर्ने भएकाले उनले नामावलीसहितको प्रस्ताव बुधबार संसद्मा पेस गरेका हुन् ।   

    उनले होसेन अमिर अब्दुल्लाहिनलाई देशको विदेश मन्त्री बनाउन प्रस्ताव गरेका छन् । उनी यसअघि उपविदेश मन्त्री भएका थिए । त्यति बेला उनले अफ्रिकी मुलुक र अरबी मुलुकहरू तर्फ बढी केन्द्रित भएका थिए ।  

    त्यसैगरी जाभाद ओजीलाई राष्ट्रपति रायसीले पेट्रोलियम मन्त्री नियुक्त गर्न चाहेको प्रस्ताव संसद्समक्ष पेस गरेका छन् । उनी यसअघि इरानको राष्ट्रिय ग्यास उद्योगको प्रमुख भएका थिए ।  

    संसद्मा प्रस्तावित मन्त्रीहरूको बारेमा जानकारी गराइने र त्यसमाथि छलफल भई मतदान मार्फत पारित गरिने अधिकारीहरूले जनाएका छन् ।  

    नयाँ राष्ट्रपतिका रूपमा रायसीले भने यही अगस्त ५ तारिखका दिन संसद्समक्ष शपथ ग्रहण गर्दै जिम्मेबारी सम्हालेका हुन् । एजेन्सी । 

     

     

     

     

    २०७८, श्रावण २८ बिहिवार०७:०९:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार