काठमाडौं । सर्लाही पर्सा -२ की स्मिता यादवले मेडिकल शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति पाएकी छन् ।
काठमाडौंको एभरेष्ट फ्लोरिडा कलेजबाट कक्षा ११-१२ उत्तिर्ण गरेकी यादव चिकित्सा शिक्षा आयोगले एमबिबिएस अध्ययनका लागि लिएको परिक्षामा पूर्ण छात्रवृत्तिका लागि छनोट भएकी हुन् ।
कुनै समय उच्च शिक्षाका लागि हबको रुपमा स्थापित भएको कलेज अब सोही रफतारमा देखिएको र कलेजको पढाई एवं मेहनतले नै आफूले सफलता प्राप्त गरेको यादवले बताएकी छन् ।
"सरल स्वभावकी यादवको कडा मेहनत र जिज्ञासु स्वभावले नै उनलाई सफलताको उचाइमा पुर्याउन मद्धत गरेको हो", फ्लोरिडाका प्राचार्य भानुहरि भण्डारीले बताए ।
आयोगको उक्त परिक्षामा जनकपुरका विध्यार्थी आसिक झा सर्वोत्कृष्ट बनेका थिए । आसिकले कक्षा ११-१२ काठमाडौंको विश्व निकेतन स्कुलबाट पूरा गरेका थिए ।