७ वर्षमा पनि कमलविनायक - नगरकोट सडक नबनेपछि भक्तपुर युवा संघको आपत्ति

७ वर्षमा पनि कमलविनायक - नगरकोट सडक नबनेपछि भक्तपुर युवा संघको आपत्ति

२०७८, श्रावण २८ बिहिवार

  • 1.6K
    SHARES

  • ७ वर्षमा पनि कमलविनायक - नगरकोट सडक नबनेपछि भक्तपुर युवा संघको आपत्ति

    भक्तपुर । ठेक्का लागेको ७ वर्षमा पनि पर्यटकीय क्षेत्र नगरकोट सम्म पुग्ने कमलविनायक- नगरकोट सडक निर्माण सम्पन्न नभएकोमा युवासंघ नेपाल(माधव समूह) भक्तपुर जिल्ला कमिटिले आपत्ति जनाएको छ । 

    जम्मा १६ किलोमिटरको सडक निर्माण गर्न ६ पटक समय थपिएता पनि ठेकेदारको गैरजिम्मेवारीपन र राज्यका निकायहरु मुकदर्शक बन्नाले नै निर्माण सम्पन्न नभएको युवासंघको ठहर छ । 

    वि.सं. २०७१ साल जेठ २२ गते शुरुवात भएको निर्माण कार्य हालसम्म पनि नसकेकामा शैलुङ कन्स्ट्रक्सन र ए आई पि.एल जे. भी. कम्पनिप्रति युवासंघले रोष प्रकट गरेको छ । 

    बाह्रय पर्यटकको आगमनमा कमी आएको, सम्पूर्ण नगरकोटबासीहरु दुःख, कष्ट र जोखिमपूर्ण यात्रा गर्नु परेको तथा धुलो धुवाँ र हिलोले स्थानीय बासिन्दामा श्वासप्रश्वास सम्बन्धि जटिल र दीर्घ रोगहरुको समस्या देखा परेको भन्दै युवा संघले तत्काल उक्त सडक निर्माण सम्पन्न गर्न आग्रह गर्दै भक्तपुर जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री कार्यलयलाइ ज्ञापनपत्र बुझाएको छ । 

    संघका अनुशासन आयोग अध्यक्ष दिपक थापा र भक्तपुर जिल्ला कमिटी अध्यक्ष रञ्जन मोहन सैंजुको अगुवाईमा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरी मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र पठाएको हो ।

    ज्ञापन पत्रमा लेखिएको छ, ‘भक्तपुरको कमलबिनायक देखि नगरकोटसम्म जोड्ने सडक छिटो भन्दा छिटो तोकिएको गुणस्तर, लागत र समयावधि भित्र सम्पन्न गर्नका लागि प्रधानमन्त्री कार्यालय, सडक विभाग र मातहत कार्यालयर निकायलाई आवश्यक पहल कदमी अनुगमन गर्नका लागि युवा संघ नेपाल जिल्ला कमिटी भक्तपुर जोडदार अपिल गर्दछ ।’

    gyapan-patra-1.jpg

    २०७८, श्रावण २८ बिहिवार०९:३६:११

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार