काँग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल

काँग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल

२०७८, श्रावण २९ शुक्रवार

  • 1.8K
    SHARES

  • काँग्रेस बैठकमा क्रियाशील सदस्यता विषय केन्द्रीत छलफल

    काठमाडौं । नेपाली काँग्रेसको १४औँ महाधिवेशनको नयाँ मिति तय गर्ने सम्बन्धमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल प्रारम्भ भएको छ ।

    पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सभापतिकै निजी निवास बूढानीलकण्ठमा आज बसेको बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदनको व्याख्यासहित प्रस्तुत गरेका थिए ।  

    बैठकमा समितिका अन्य सदस्य आनन्दप्रसाद ढुङ्गाना, जीवन परियार, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ र योगेन्द्र चौधरीले आफ्नो धारणा व्यक्त गर्नुभएको केन्द्रीय सदस्य परियारले जानकारी दिए ।   

    समितिले यही साउन १२ गते पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा केही विवाद बाँकी सहितको क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनअनुसार १४औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

    २०७८, श्रावण २९ शुक्रवार०७:४३:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार