आजदेखि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै 

आजदेखि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै 

२०७८, श्रावण ३० शनिवार

  • 909
    SHARES

  • आजदेखि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बस्दै 

    काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले वर्तमान गठबन्धन सरकारलाई सफल बनाउन आफ्नोतर्फबाट अधिकतम प्रयास गर्ने भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई सफल बनाउने गरी परिचालित हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष दाहालले वामलोकतान्त्रिक सरकारलाई सफल बनाउन पार्टीका तर्फबाट अधिकतम प्रयास गर्न पार्टीको समग्र पंक्तिलाई परिचालित हुन निर्देशन गरेका छन् ।  

    पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आज शनिबारदेखि शुरु हुने केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन एवं साङ्गठनिक प्रतिवेदन पेश गर्ने निर्णय भएको छ । बैठकमा वाम लोकतान्त्रिक सरकारलाई सफल बनाउने, संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रियताको रक्षा एवं सम्वद्र्धनका विषयमा छलफल भएको थियो ।

    माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शनिबारदेखि शुरु हुने भएको छ । यस्तै, मुलुकको पछिल्लो राजनीतिक अवस्था एवं पार्टी सङ्गठनको अवस्थाका बारेमा छलफल हुने गरी प्रस्ताव तय भएको माओवादी केन्द्रले जनाएको छ । 

    २०७८, श्रावण ३० शनिवार०८:४०:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार