१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने भारतका प्रधानमन्त्री मोदीको घोषणा

१४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने भारतका प्रधानमन्त्री मोदीको घोषणा

२०७८, श्रावण ३१ आइतवार

  • 1.5K
    SHARES

  • १४ अगस्टलाई ‘विभाजन विभीषिका स्मृति दिवस’ का रूपमा मनाउने भारतका प्रधानमन्त्री मोदीको घोषणा

    नयाँ दिल्ली । भारतले पाकिस्तानको स्वतन्त्रता दिवसलाई ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरेको छ ।

    पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका छन् । 

    उनले भनेका छन्, “देशको विभाजनको पीडालाई कहिल्यै बिर्सन सकिँदैन । घृणा र हिंसाका कारण हाम्रा लाखौं दाजुभाइ र दिदी बहिनी विस्थापित हुनुका साथै ज्यान गुमाए । उनीहरुकै बलिदान र संघर्षको यादमा १४ अगस्टलाई ‘विभाजन र विभीषिका स्मृति दिवस’को रुपमा मनाउने निर्णय गरिएको छ ।”

    उनले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभइ एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गरे । 

    बेलायतको अधिनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ । -एजेन्सी । 

    २०७८, श्रावण ३१ आइतवार०७:१८:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार