शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

२०७८, श्रावण ३१ आइतवार

  • 1.1K
    SHARES

  • शिक्षक महासङ्घको अध्यक्षमा तुलाधर

    काठमाडौं । नेपाल शिक्षक महासङ्घको अध्यक्षमा कमला तुलाधर चयन भएपछि नेतृत्व तहमा देखिएको विवाद अन्त्य भएको छ । 

    महासङ्घमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका तर्फबाट अध्यक्ष रहनुभएका बाबुराम थापाको पहलमा सहमति जुटेको हो । अध्यक्ष थापा शिक्षण सेवाबाट उमेर हदका कारण अवकाश प्राप्त भएपछि विधानतः अध्यक्ष पदमा निरन्तरता रहने वा नरहने भन्ने विवाद उत्पन्न भएको थियो ।

    थापाले प्रतिनिधित्व गर्ने सङ्गठनबाट हाल महासङ्घका उपमहासचिव तुलाधरलाई सिफारिश गरेको थियो भने सो निर्णयलाई अन्य घटकले समर्थन गरेका थिए । यस नेतृत्वले आगामी तीन महिनाभित्र महाधिवेशन गर्नुपर्नेछ । 

    शिक्षा क्षेत्रमा सुधारका लागि लगानी वृद्धिलगायत माग राखेर महासङ्घले आन्दोलन गर्दै आएको छ । पद हस्तान्तरण कार्यक्रममा महासङ्घका कार्यवाहक अध्यक्ष पूर्णप्रसाद दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदीलगायत उपस्थिति थिए । 

    २०७८, श्रावण ३१ आइतवार०७:२८:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार