मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

२०७८, श्रावण ३२ सोमवार

  • 773
    SHARES

  • मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

    क्वालालम्पुर । मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन् । 

    विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाहसमक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् । 

    उनले सोमबार सामाजिक सञ्जालहरुमा उल्लेख गरेका छन्, “हाम्रो मन्त्रिपरिषद्ले राजासमक्ष राजीनामा दिएको छ ।” राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् । 

    मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनु परेको हो । “प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हँुदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ”, विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन् । 

    सामाजिक सञ्जालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रुपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तर सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरुले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन् । -एजेन्सी ।

    २०७८, श्रावण ३२ सोमवार०३:५३:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार