भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

२०७८, श्रावण ३२ सोमवार

  • 949
    SHARES

  • भारतमा दैनिक सङ्क्रमित र सक्रिय सङ्क्रमितमा कमी

    नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा सोमबार ठूलो कमी आएको छ ।

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ९७३ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

    भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी हुँदै आएको छ । त्यसैगरी सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको छ ।

    भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ । यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन् ।

    सक्रिय सङ्क्रमितहरुको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१८ प्रतिशत हो । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख २५ हजार ५१३ पुगेको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३५ हजार ९०९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

    योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १४ लाख ११ हजार ९२४ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.४८ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएका छन् ।

    भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कूल सङ्ख्या चार लाख ३१ हजार ६४२ रहेको छ भने तीमध्ये ४१७ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    यही अगस्त १५ सम्ममा भारतमा ४९ करोड ४८ लाख पाँच हजार ६५२ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

    तीमध्ये ११ लाख ८१ हजार २१२ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो । -एजेन्सी । 

    २०७८, श्रावण ३२ सोमवार०४:०१:४७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार