दुई अध्यक्षबीच भेटवार्ता

दुई अध्यक्षबीच भेटवार्ता

२०७७, पौष ४ शनिवार

  • 1.1K
    SHARES

  • दुई अध्यक्षबीच भेटवार्ता

    पौष ४, काठमाडौँ ।

    प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनको निवास खुमलटार पुगेका छन् । पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न उनी प्रचण्ड निवास पुगेका हुन् । 

    प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली केही समयअघि त्यहाँ पुगेका हुन् । उनीहरुबीच एक्लाएक्लै छलफल भएको संयोजक सापकोटाले बताए ।

    दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न निरन्तर छलफल भइरहेको छ ।

    आजको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतको पनि उपस्थिति रहेको छ । छलफलमा गौतमको उपस्थितिलाई अर्थपुर्ण रुपमा हेरिएको छ । भोलि (आइतबार) स्थायी कमिटी बैठक डाकिएको छ ।

    सो बैठक बस्नु अघि नै एजेण्डाका विषयमा तयारी तथा छलफल गर्न ओली खुमलटार पुगेका अनुमान लगाइएको छ ।  

    २०७७, पौष ४ शनिवार०१:०९:४९
    प्रतिक्रिया
    सम्बन्धित समाचार