स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

२०७७, पौष ४ शनिवार

  • 2.0K
    SHARES

  • स्लोभाकियाका प्रधानमन्त्रीलाई कोरोना सङ्क्रमण, अन्य मन्त्रीहरु पनि सङ्क्रमित

    पौष ४, ब्राटिस्लाभ ।

    स्लोभाकियाका प्रधानमन्त्री इगोर माटोभिक कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

    ब्रसेल्समा भएको युरोपेली संघको एउटा सम्मेलनमा सहभागी भएको एक हप्तापछि उनी सङ्क्रमित भएको पुष्टि भएको हो । उनले आफू भाइरसबाट सङ्क्रमित भएको शुक्रबार जानकारी दिएका छन् ।  

    सम्मेलनमा फ्रान्सका राष्ट्रपति एम्यानुएल म्याक्रोँ पनि सहभागी भएका थिए । उनलाई केही दिन अगाडि नै सङ्क्रमण पुष्टि भएको थियो ।

    उनलाई सङ्क्रमण पुष्टि भएसँगै उनको सम्पर्कमा रहेका विभिन्न देशका नेता र फ्रान्सका उच्च अधिकारीहरु पनि सेल्फ आइसोलेसनमा बसेका थिए । 

    कोरोना सङ्क्रमण पुष्टि भएको ल्यावको कागजको फोटो समेत राखेर उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “आज म पनि तिम्रो एउटा सङ्क्रमित भएको छ ।”

    “म क्रिसमस मनाउने बेलामा अस्पतालमा बस्नु नपरोस भन्ने चाहन्थेँ, तर अहिले मेरो योजना र चाहना पुरा हुन कठिन हुने देखिएको छ,” ४७ बर्षिय प्रधानमन्त्री माटोभिकले लेखेका छन् ।  

    सरकारको सञ्चार विभागले प्रधानमन्त्री माटोभिक गत बिहीबार कोरोनाभाइरसबाट सङ्क्रमित भएको एएफपीलाई जनाएको छ । सङ्क्रमित भएसँगै उनले धेरै कार्यक्रमहरु स्थगित गरेका छन् ।

    स्थानीय सञ्चार माध्यमहरुले उनीसँग सम्पर्कमा रहेका अन्य मन्त्री तथा उच्च सरकारी पदाधिकारीहरुलाई पनि सरकारले कोरोना परीक्षण गर्न लगाएको उल्लेख गरेका छन् ।

    यही शिलशिलामा उपप्रधानमन्त्री भेरोनिक रेमिसोभ र रक्षा मन्त्री जारोस्लाभ नाडल्टरले पनि कोरोना परीक्षण गर्दा आफुहरु समेत सङ्क्रमित भएको जानकारी दिएका छन् ।

    कोरोनाको महामारीका क्रममा स्लोभाकियामा अहिलेसम्म एक लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने ती मध्ये झण्डै चार हजार जना बुधबार मात्रै थपिएका हुन । 

    स्लोभाकियामा कोरोनाका कारण अहिलेसम्म एक हजार ४०० भन्दा बढीको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।- एजेन्सी ।  

    २०७७, पौष ४ शनिवार०१:२३:५१
    प्रतिक्रिया
    सम्बन्धित समाचार