राजनीतिक दलसम्बन्धी ऐनको आधारमा एमालेका १४ सांसदलाई कारबाही 

राजनीतिक दलसम्बन्धी ऐनको आधारमा एमालेका १४ सांसदलाई कारबाही 

२०७८, भाद्र १ मंगलवार

  • 933
    SHARES

  • राजनीतिक दलसम्बन्धी ऐनको आधारमा एमालेका १४ सांसदलाई कारबाही 

    काठमाडौं । नेकपा (एमाले) ले पार्टीको नीति र निर्देशनबमोजिम काम नगरेको जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा सिफारिस गरेको छ ।

    गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीको नीतिविपरीत २२ जना एमालेका सांसदले विश्वासको मत दिएका थिए । ती सांसदलाई एमालेले साउन ६ गते स्पष्टीकरण सोधेको थियो ।

    तीमध्ये १४ जनालाई राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ बमोजिम कारबाहीका लागि सिफारिस गरिएको एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले जानकारी दिइन् । पार्टीभित्रको आन्तरिक एकताका लागि एमालेको संसदीय दल र स्थायी कमिटीको बैठक आजै भएको थियो ।

    कारबाहीका लागि सिफारिस गरिएकामा जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरला यादव, कलिला खातुन, विरोध खतिवडा, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी रहेका छन् । 

    २०७८, भाद्र १ मंगलवार०७:१२:३६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार