भारतमा पछिल्लो २४ घण्टामा थप ३५ हजार १७८ कोरोना सङ्क्रमित, ४४० जनाको  मृत्यु 

भारतमा पछिल्लो २४ घण्टामा थप ३५ हजार १७८ कोरोना सङ्क्रमित, ४४० जनाको  मृत्यु 

२०७८, भाद्र २ बुधवार

  • 777
    SHARES

  • भारतमा पछिल्लो २४ घण्टामा थप ३५ हजार १७८ कोरोना सङ्क्रमित, ४४० जनाको  मृत्यु 

    नयाँदिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । 

    अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो सङ्ख्या कूल सङ्क्रमितमध्येको १.१४ प्रतिशत हो ।  

    भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु भएकाको कूल सङ्ख्या ४ लाख ३२ हजार ५१९ रहेको छ भने, तीमध्ये ४४० जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा ३७ हजार १६९ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त भएकाको कूल सङ्ख्या तीन करोड १४ लाख  ८५ हजार ९२३ पुगेको छ । कूल सङ्क्रमितमध्ये ९७.५२ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २२ लाख ८५ हजार ८५७ पुगेको छ । 

    यही अगस्त १७ सम्ममा भारतमा ४९ करोड ८४ लाख २७ हजार ८३ ओटा स्वाब परीक्षण गरेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । तीमध्ये १७ लाख ९७ हजार ५५९ जनाको पछिल्लो एक दिनमा परीक्षण गरिएको हो । 

    भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ५६ करोड छ लाख ५२ हजार ३० डोज खोप लगाइएको छ । पछिल्लो २४ घण्टाको समयाअवधिमा ५५ लाख पाँच हजार ७५ डोज खोप लगाइएको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । -एजेन्सी ।

    २०७८, भाद्र २ बुधवार०३:४३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार