जाम्बियाका राष्ट्रपतिले निर्वाचन नतिजाविरुद्ध उजुरी नदिने

जाम्बियाका राष्ट्रपतिले निर्वाचन नतिजाविरुद्ध उजुरी नदिने

२०७८, भाद्र ३ बिहिवार

  • 757
    SHARES

  • जाम्बियाका राष्ट्रपतिले निर्वाचन नतिजाविरुद्ध उजुरी नदिने

    लुकासा । जाम्बियाका राष्ट्रपति एड्गार लुङ्गुले निर्वाचनको नतिजाविरुद्ध उजुरी नदिनुहुने भएको छ ।   

    यही अगस्त १२ मा भएको राष्ट्रपतीय निर्वाचनको नतिजा प्रति असन्तुष्ट भए पनि उनले नतिजाविरुद्ध भने उजुरी नदिनुहुने भएको हो । 

    निर्वाचनमा झन्डै १० लाख मत अन्तरले पराजित भएपछि उनले निर्वाचन निष्पक्ष र स्वतन्त्र हुन नसकेको दाबी गरेका थिए । उनले निर्वाचनमा धाँधली भएको आरोप पनि लगाएका छन् ।  

    “निर्वाचन निष्पक्ष र स्वतन्त्ररूपमा हुन सकेको छैन, निर्वाचनमा धाँधली भएको छ, तैपनि म यस नतिजालाई चुनौती दिँदै अदालत जाने पक्षमा छैन,” उनले भने ।  

    निर्वाचनविरुद्ध उजुरी दिएर विवाद गर्नु आफ्नो महत्वपूर्ण समयको बर्बादी मात्रै हुने उनको भनाइ छ । राष्ट्रपति लुङ्गुलाई हाकैन्डे हिचिलेमाले पराजित गरेको निर्वाचन आयोगले घोषणा गरिसकेको छ । 

    नवनिर्वाचित राष्ट्रपतिलाई आगामी मङ्गलबार शपथ ग्रहण गराउने तयारी भइरहेको बेला लुङ्गुको प्रतिक्रिया आएको हो । 

    उनलाई निर्वाचनको नतिजाविरुद्ध उजुरी हाल्न उनका शुभेच्छुक र पार्टीका कार्यकर्ताहरूले नै दबाब दिँदै आएको समाचार प्रकाशित भएका छन् ।   

    “मलाई निर्वाचनको नतिजालाई चुनौती दिँदै निर्वाचन अदालत जान मेरा शुभेच्छुक तथा पार्टीका कार्यकर्ताहरूले दबाब र सुझाव दिइरहेका छन्, तर म उनीहरूलाई त्यसो गर्नु समयको बर्बादी मात्रै भएकाले उजुरी नहाल्ने जवाफ दिने गरेको छु,” उनले भने । -एजेन्सी । 

    २०७८, भाद्र ३ बिहिवार०७:१७:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार