मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

२०७८, भाद्र ३ बिहिवार

  • 737
    SHARES

  • मलेसियाका राजाद्वारा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान

    क्वालालम्पुर । मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन् ।  

    दलहरुका बीचमा विवाद र बेमेल हुदाँ देशमा राजनीतिक अस्थिरता मौलाएकाले दलहरुलाई मिल्न र सहकार्य गर्न उनले आग्रह गरेका हुन् ।   

    उनले स्थायी सरकारको सुनिश्चितता हुनेगरी संयुक्तरुपमा नयाँ प्रधानमन्त्रीको उम्मेदवार पेस गर्न पनि दलहरुलाई आह्वान गरेका छन् ।  

    राजदरबारद्वारा बुधबार जारी वक्तव्यमा राजाले मङ्गलबार प्रमुख राजनीतिक दलका प्रमुख नेताहरुसँग छलफल गरेको उल्लेख गरिएको छ । 

    छलफलका क्रममा राजाले विश्वासको मत प्राप्त गर्न सक्नेगरी प्रधानमन्त्रीको उम्मेदवार तयार पार्न पनि आग्रह गरेका छन् ।  

    तत्कालीन प्रधानमन्त्री मुहिद्धिन यासिनले गत सोमबार पदबाट राजीनामा दिएपछि राजाले नयाँ प्रधानमन्त्रीको दाबी पेस गर्न दलहरुलाई आह्वान गरेका हुन् ।  

    यासिनले मलेसियाको तल्लो सदनबाट बहुमत गुमाएपछि दिएको राजीनामा राजाले तत्कालै स्वीकृत गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि यासिनलाई नै कामचलाउन प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन् ।- एजेन्सी । 

    २०७८, भाद्र ३ बिहिवार०७:२०:४८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार