पौष ४, काठमाडौं ।
पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ४७८० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । उनीहरुमध्ये २ लाख ४२ हजार ५६७ संक्रमणमुक्त भएका छन् भने हाल देशभर ८ हजार ८४० संक्रिय संक्रमित छन् ।
त्यसै गरी पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । यस सँगै नेपालमा कोरोनाका कारण कुल मृत्यु हुनेको संख्या १ हजार ७७७ पुगेको छ ।