उत्तराखण्डमा काँग्रेसले बेरोजगारको नामावली दर्ता अभियान चलाउने

उत्तराखण्डमा काँग्रेसले बेरोजगारको नामावली दर्ता अभियान चलाउने

२०७८, भाद्र ३ बिहिवार

  • 845
    SHARES

  • उत्तराखण्डमा काँग्रेसले बेरोजगारको नामावली दर्ता अभियान चलाउने

    उत्तराखण्ड, देहरादुन । भारतको उत्तराखण्डमा काँग्रेस पार्टीले बेरोजगारहरूको नामावाली दर्ता अभियान चलाउने भएको छ । 

    पार्टीका प्रदेश प्रमुख देवेन्द्र यादवले यही अगस्त २० देखि यो अभियान सुरु गर्ने तय भएको बिहीबार जानकारी दिए ।  

    पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री राजीव गान्धीको जन्मजयन्तीको अवसर पारेर यस्तो अभियान सुरु गरिएको उनको भनाइ छ । नेता गान्धीको १९४४ अगस्त २० मा जन्म भएको थियो भने १९९१ को मे २१ मा हत्या भएको थियो । 

    उनको सम्मान र सम्झनामा युवाहरूलाई राज्यसँग जोड्ने उद्देश्यले बेरोजगारहरूको नामावली दर्ता अभियान चलाउन थालिएको यादवले बताए ।  

    अभियानमा काँग्रेसका प्रदेश प्रमुख यादवसहित प्रदेश अध्यक्ष गणेश गोदियाल, विपक्षी दलका नेता प्रितम सिंह र पूर्वमुख्यमन्त्री हरिश रावतले नेतृत्व गर्ने भएका छन् । -एजेन्सी । 

    २०७८, भाद्र ३ बिहिवार११:०९:४२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार