काठमाडौं । पुर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा नेकपा एमाले नरहने भएको छ ।
आफ्नो मातृपार्टी नेकपा एमाले विभाजन गरेका नेता नेपालले नेकपा एमाले (समाजवादी) दर्ताका लागि बुधबार निवेदन दिएका थिए । यद्यपि राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार नियमावली बिहीबार मात्र आएकाले शुक्रबार फेरि निवेदन दिनु पर्ने समेत भएको छ ।
विहिवार नेता विजय पौडेल पार्टी दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोग पुगेका थिए । आयोगका अधिकारीहरुलाई भेट्दा सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताएका छन् ।
पौडेलले नेकपा एमाले समाजवादी नभए नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी राख्न मिल्छ त भनेर समेत सोधेका थिए ।