भारतमा पछिल्लो २४ घण्टामा ३६,५७१ जना नयाँ सङ्क्रमित,५४० जनाको मृत्यु

भारतमा पछिल्लो २४ घण्टामा ३६,५७१ जना नयाँ सङ्क्रमित,५४० जनाको मृत्यु

२०७८, भाद्र ४ शुक्रवार

  • 837
    SHARES

  • भारतमा पछिल्लो २४ घण्टामा ३६,५७१ जना नयाँ सङ्क्रमित,५४० जनाको मृत्यु

    नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ३६ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका छन् ।

    सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३६ हजार पाँच सय ७१ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।

    भारतमा अहिले सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या तीन लाख ६३ हजार ६ सय पाँच पुगेको पनि अधिकारीहरुले जनाएका छन् ।

    सक्रिय अवस्थामै रहेका सङ्क्रमितहरुको यो सङ्ख्या गत एक सय ५० दिनपछिकै सबैभन्दा कम भएको पनि उनीहरुले बताएका छन् ।

    केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कूल सङ्क्रमितमध्ये अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या १.१२ प्रतिशत रहेको छ ।

    भारतमा अहिले सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १५ लाख ६१ हजार ६ सय ३५ पुगेको अधिकारीहरुले जनाएका छन् । तीमध्ये ३६ हजार पाँच सय ५५ जना पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएका छन् ।

    कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये भारतमा मात्रै अहिलेसम्म चार लाख ३३ हजार पाँच सय ८९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच सय ४० जनाको मृत्यु भएको हो ।

    अहिले भारतमा सङ्क्रमणमुक्त हुने दर पनि उच्च रहेको छ । अधिकारीहरुका अनुसार अहिले ९७.५४ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएका छन् । यो सङ्ख्या २०२० को मार्चपछिकै सबैभन्दा धेरै हो । -एजेन्सी ।

    २०७८, भाद्र ४ शुक्रवार०३:३९:३३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार