अब चीनमा तीन सन्तान जन्माउन दिइने, थ्री-चाइल्ड पोलिसी लागू

अब चीनमा तीन सन्तान जन्माउन दिइने, थ्री-चाइल्ड पोलिसी लागू

२०७८, भाद्र ५ शनिवार

  • 817
    SHARES

  • अब चीनमा तीन सन्तान जन्माउन दिइने, थ्री-चाइल्ड पोलिसी लागू

    बेइजिङ । चीन सरकारले सन्तान उत्पादनका लागि नरम नीति लागुगरेको छ । जारी गरिएको नीतिसँगै अब एक दम्पतिले तीन सन्तान जन्माउन सक्ने भएका छन् ।

    सरकारले शुक्रबार थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता दिएको छ । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो ।

    साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दत पनि गर्ने भएको छ ।

    वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ ।

    पछिल्लो दशकमा त्यहाँको जनसंख्या वृद्धिदर निकै सुस्त भैरहेको छ । पाँच वर्षमा नै चीनले टु-चाइल्ड पोलिसीमा परिवर्तन गरेको हो ।- एजेन्सी ।

    २०७८, भाद्र ५ शनिवार०३:०५:०२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार